काठमाडौँ । भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय सर्लाहीका डिभिजन प्रमुखसहित दुई जना कर्मचारी घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटिएको टोलीले डिभिजन प्रमुख सि.डि.हा.जी. अनुपमा ढकाल र मेकानिकल अधिकृत छैटौँ तुलाकान्त चौधरीलाई सात लाख ५० हजार रुपियाँ घुस रकमसहित नियन्त्रणमा लिएको हो । अख्तियारका अनुसार बोरिङ तथा […]