न्यायका लागि कहिले सडक, कहिले हिरासत पुगिरहने बिनु यादव
नीति-नियम बन्ने देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारबाट आमनागरिकले न्यायको प्रत्याभूति पाउनुपर्ने हो। तर त्यही सिंहदरबारको मूल गेट अगाडिको सडकमा ७ दिनदेखि एक महिला न्याय माग्दै निरन्तर संघर्ष गरिरहेकी छन्।