दमौली– जिल्ला प्रहरी कार्यालय तनहुँले लागूऔषध नियन्त्रणका लागि सञ्चालन गरेको विशेष अभियानअन्तर्गत ‘स्विप अप्ररेसन’का क्रममा २७ जनालाई पक्राउ गरेको छ । बिहीबारदेखि आजसम्म सञ्चालन गरिएको उक्त अप्रेसनबाट लागूऔषध ओसारपसार तथा प्रयोगमा संलग्न २७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । उहाँका अनुसार नियन्त्रणमा लिइएकामध्ये एक जनामाथि कानुन बमोजिम […]