काठमाडौँ। संघीय राजधानी काठमाडौँ उपत्यकामा नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरूका तर्फबाट नेपाली कांग्रेस काठमाडौँ उपत्यका विकास प्रतिबद्धतापत्र भिजन १० सार्वजनिक गरिएको छ। काठमाडौँमा आयोजित एक कार्यक्रमबीच महामन्त्री प्रदीप पौडेलको उपस्थितिमा तीनवटै जिल्लाका उम्मेदवारको भर्चुअल सहभागितामा प्रतिज्ञा-पत्र सार्वजनिक गरिएको हो। प्रतिज्ञापत्रमा तीनवटै जिल्लालाई एउटै सहरका रूपमा लिई स्थान विशेषका मौलिक विशिष्टतालाई ध्यानमा राख्दै एकीकृत सहरी विकास […]