काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले नहुने चुनावको पैरवी गरेर एमालेले समय खेर नफाल्ने बताएका छन् । प्रेस चौतारी रुपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको अन्तर्क्रियामा महासचिव पोखरेलले एमाले चुनावबाट भाग्ने पार्टी नभएको तर नहुने चुनावको पैरवी गरेर एमालेले समय खेर नफाल्ने बताएका हुन् । उनले वर्तमान सरकारको क्रियाकलाप चुनावप्रति केन्द्रित नरहेको आरोप समेत लगाए । […]