अर्थमन्त्रीसँग लगानीकर्ता संघ–संस्थाहरूको भेट, ‘डबल आईजीन प्रणाली’ तत्काल कार्यान्वयन गर्न माग

नेपालका पाँच प्रमुख लगानीकर्ता संघ–संस्थाले अर्थमन्त्री रामेश्वर प्रसाद खनालसँग भेट गर्दै ‘डबल आईजीन प्रणाली (Double ISIN System)’ कार्यान्वयनमा भइरहेको ढिलासुस्ती तुरुन्त अन्त्य गर्न माग गरेका छन्। मंगलबार अर्थमन्त्रालयमा भएको भेटवार्ताका क्रममा लगानीकर्ता प्रतिनिधिहरूले पूँजी बजारमा देखिएका चुनौती, नियामक निकायबीचको असमञ्जस र कार्यान्वयनमा भइरहेको ढिलाइबारे अर्थमन्त्रीलाई विस्तृत जानकारी दिँदै लिखित ज्ञापनपत्र बुझाएका हुन्। उनीहरूले “पूँजी बजार […]