परदेशबाट फर्किएर आफ्नै गाउँमा फुलाए सयपत्री

काभ्रे । तिहार नजिकिँदै गर्दा बनेपा नगरपालिका–१२ बासडोलका माधव घिमिरेको खेतमा सयपत्री फूल ढकमक्क फुल्न थालेका छन्। पर्वका लागि फूलको माग बढ्ने समय नजिकिएसँगै ५९ वर्षीय घिमिरे फूलको स्याहार र बिक्रीको तयारीमा व्यस्त छन्। परदेशमा १७ वर्ष बिताएर फर्किनुभएका उहाँले पाँच रोपनीबाट सुरु गर्नुभएको फूलखेती अहिले १४ रोपनीमा विस्तार भएको छ। ९ वर्षअघि स्वदेश फर्किएका […]