काठमाडौं। भ्रष्टाचार गरेको आरोपमा पन्जाब प्रहरीका डीआईजी हरचरणसिंह भुल्लर पक्राउ परेका छन्। भारतको केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) ले भुल्लरलाई बिहीबार भ्रष्टाचार मुद्दामा पक्राउ गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। समाचार एजेन्सी पीटीआईले स्रोतलाई उद्धृत गर्दै भुल्लरलाई मोहालीस्थित उनको कार्यालयबाट पक्राउ गरिएको बीबीसी हिन्दीले जनाएको छ। भुल्लरसँग जोडिएका मुद्दासँग सम्बन्धित विस्तृत विवरण अझै सार्वजनिक गरिएको छैन।