‘युएन महासभामा प्रधानमन्त्रीले तयारीविना प्रस्तुत भए नेपालको बदनाम हुन्छ’: प्रा. डा. न्यौपाने

काठमाडौं । अर्थविद् तथा विश्लेषक प्रा. डा. गोपीलाल न्यौपानेले प्रधानमन्त्री बालेन शाहले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुँदा पूर्ण तयारीका साथ प्रस्तुत हुनुपर्ने बताएका छन्। रिपोर्टर्स क्लब नेपालद्वारा आइतबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै न्यौपानेले संविधान दिवसका दिन प्रधानमन्त्री शाहले लिखित भाषण प्रस्तुत गर्दा समेत पर्याप्त तयारी नगरेको देखिएको भन्दै संयुक्त राष्ट्रसंघको महासभामा त्यस्तो कमजोरी दोहोरिन नहुने […]