अमेरिकी अदालतद्वारा तेस्रो मुलुकमा आप्रवासी देशनिकाला गर्ने ट्रम्पको नीति खारेज

सुरक्षा चिन्ता वा आफ्ना कुरा राख्ने पर्याप्त अवसर नै नदिई आप्रवासीहरूलाई उनीहरूको आफ्नै देशबाहेक अन्य तेस्रो मुलुकमा द्रुत गतिमा देशनिकाला गर्ने ट्रम्प प्रशासनको नीतिलाई अमेरिकी संघीय पुनरावेदन अदालतले शुक्रबार अस्वीकार गरेको छ। सर्वोच्च अदालतसम्म पुग्ने अपेक्षा गरिएको यस मुद्दामा बोस्टनस्थित ‘फर्स्ट युएस सर्किट कोर्ट अफ एपिल्स’को तीन न्यायाधीश सम्मिलित इजलासले तल्लो अदालतको फैसलालाई बहुसंख्यक रूपमा […]