तीज आजदेखि सुरु, तडकभडकभन्दा मौलिक संस्कृति जोगाउन विज्ञको आग्रह

नेपाली महिलाको प्रमुख पर्व हरितालिका तीज आजदेखि सुरु भएको छ। भाद्र शुक्ल द्वितीयाका दिन आज दर खाएसँगै चार दिनसम्म मनाइने तीज पर्व औपचारिक रूपमा सुरु हुनेछ। तीजको व्रत बस्न आवश्यक शक्ति प्राप्त होस् भन्ने उद्देश्यले अघिल्लो दिन माइतीले छोरी, चेली तथा दिदीबहिनीलाई बोलाएर दर खुवाउने परम्परा छ। दरमा विशेषगरी दूधबाट बनेका शुद्ध तथा आडिला परिकार […]