बाढीले पाइपलाइन बगाउँदा बागलुङ बजारमा खानेपानी समस्या

बागलुङ । अविरल वर्षापछि आएको बाढीले खानेपानीका मुख्य पाइपलाइनमा क्षति पुर्‍याएपछि बागलुङ बजारमा खानेपानीको समस्या भएको छ । बजारका करिब चार हजार ५०० उपभोक्ताले आइतबारदेखि समस्या व्यहोर्नु परेको छ । बाढीले बागलुङ नगरपालिका–३ हनुमानमौवा नजिकै मुख्य खानेपानीको पाइपमा गम्भीर क्षति पुर्‍याएको छ । कैला पोखरीमा रहेको लिफ्टमार्फत सुल्डाँडा र मुश्यास्वाराको ट्यांकीतर्फ लगिएको पाइपमा क्षति पुगेको […]