ह्वाइट हाउस रात्रिभोजमा गोली प्रहार गर्ने ३१ वर्षीय युवक पक्राउ

वासिङ्टन– अमेरिकाको वासिङ्टनस्थित वासिङ्टन हिल्टन होटलमा आयोजित ‘ह्वाइट हाउस संवाददाता सङ्घ’ को वार्षिक रात्रिभोजमा गोली प्रहार भएको छ । बन्दुकधारीले सुरक्षा घेरा तोडेर आक्रमण गर्न खोजेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पलाई तत्कालै सुरक्षाकर्मीले सुरक्षित स्थानतर्फ लगेका थिए । राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा आयोजित पछिल्लो ब्रिफिङमा घटनाबारे जानकारी दिँदै एकजना ‘सेक्रेट सर्भिस’ का अधिकारी घाइते भएको बताएका छन् […]