मलाई लाग्थ्यो—
मेरो एक थान शरीरको बलिदानले
यो घनघोर अनिश्चितता मेटिनेछ
बेथितिको बन्धन टुट्नेछ
तर आज हेर्छु
जसले मलाई अघि सारेर मृत्युको मुखमा धकेले
जसले मेरो निधार ताकेरै गोलीको वर्षा गरे
अहिले
मेरै चिहानमाथि उभिएर
म सही, ऊ गलत भन्दै
बेतुकको एजेन्डा बेचिरहेछन्