विभागद्वारा तीन फर्ममाथि जरिवाना, १९ लाई सुधारात्मक निर्देशन

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग ले खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको कारोबारमा अनियमितता गरेको आरोपमा तीन फर्मलाई जरिवाना गरेको छ। विभागका अनुसार स्थलगत अनुगमनका क्रममा कानुन विपरीत गतिविधि गरेको पाइएपछि एकताग्राम स्टोर लाई रु २० हजार जरिवाना गरिएको छ। त्यस्तै किराना घर ट्रेड एण्ड सप्लायर्स र गणपति ट्रेड सप्लायर्स लाई समान रूपमा रु पाँच […]