देशकाल परिस्थितिअनुसार चल्यो भने जीवनमा सुख हुन्छ भन्ने सत्य जति उमेर पाक्दै जाँदो छ, उति म पनि बुझ्दै जाँदो छु। नयाँ भौतिक पूर्वाधार, चिल्लो बाटोमा देख्दैमा, भेट्दैमा रमाउन छाडेको छु म अचेल। सहजै पाउने कुरामा रमाए पो जीवनमा रमाइरहन पाइन्छ, दुर्लभ कुरामा रमायो भने त रमाइलो, खुसी पनि दुर्लभ हुन्छ।