सहिद दिवसको अवसरमा १६ माघमा सार्वजनिक बिदा परे पनि सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय चाहिँ आंशिक खुला थियो। मन्त्रालय आंशिक खुला हुनुको कारण थियो– राष्ट्रपति रामचन्द्र पौडेलेको १८–२१ माघसम्म हुने जापानको औपचारिक भ्रमण। पौडेलको भ्रमणबारे जानकारी दिन परराष्ट्रसचिव अमृत राईले अघिल्लै दिन पत्रकारहरूलाई मन्ध्याह्न १२ बजे मन्त्रालय डाकेका थिए। सार्वजनिक बिदा परेकाले मन्त्रालयको एम्बेस्डर रुम रित्तो थियो। […]