कालिकोटका सामुदायिक विद्यालयको १४ करोड बेरुजु

कालीकोट जिल्लाका सामुदायिक विद्यालयमा रु १४ करोड बेरुजु देखिएको छ । तत्कालीन जिल्ला शिक्षा कार्यालयबाट विद्यालय भौतिक पूर्वाधार निर्माणका लागि पेश्की निकासा गरी लिएको रकम हालसम्म फछ्र्योट नगर्दा सबै विद्यालयमा रु १४ करोड २० लाख ५० हजार बेरुजु देखिएको हो ।शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट पेश्की बेरुजु भएका कारणले आगामी वर्षको बजेटमा प्रभाव पर्ने भन्दै शिक्षा विकास तथा समन्वय एकाइ कालिकोटलाई तत्काल पेस्की फछ्र्योट गर्न ताकेता गरेको छ । आफूलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ताकेता गरे