२० फागुन, काठमाडौं । राप्रपा नेपालले दुईवटा प्रदेशमा प्रदेश अध्यक्षको जिम्मेवारी तोकेको छ । पार्टी अध्यक्ष कमल थापाले विधान बमोजिम मधेश प्रदेशको अध्यक्षमा धनुषाका रामनरेश यादव र गण्डकी प्रदेशको अध्यक्षमा तनहुँका राजेन्द्रबहादुर अधिकारीलाई जिम्मेवारी दिएको राप्रपा नेपाल केन्द्रीय सचिवालयले जनाएको छ । बाँकी प्रदेश र जिल्लाहरूमा चाँडै कार्यसमिति चयन गर्ने राप्रपा नेपालले जनाएको छ । […]