जनकपुरधाम : धनुषा प्रहरीले जनकपुरधामस्थित सिटिइभिटीको परीक्षा केन्द्रबाट बिहीबार दुईजना नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा धनुषाको गणेशमान चारनाथ नगरपालिका-५ बस्ने २२ वर्षीय रामकृष्ण साह र सर्लाहीको ब्रह्मपुरी गाउँपालिका-२ बस्ने २० वर्षीय लक्ष्मीनारायण झा रहेका छन्।सिटिइभिटी बोर्डबाट सञ्चालित परीक्षामा नक्कली परीक्षार्थी सहभागी भएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको विशेष टोलीले जनकपुरधाम उपमहानगरपालिका-१ स्थित मोनाष्टिक आवासीय विद्यालयको परीक