काठमाडौं : नेपाली कांग्रेसको बुधबार बसेको केन्द्रीय समिति बैठकले पार्टीका सबै समितिको म्याद ६ महिना थप गर्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले केन्द्रीय समितिसहितका सबै समितिको म्याद आगामी भदौसम्म थप गर्ने निर्णय गरेको हो। १३ औं महाधिवेशनबाट निर्वाचित समितिहरुको म्याद गत वर्ष नै सकिएको थियो। विधानअनुसार थप्न मिल्ने एक वर्षको अवधिसमेत यही फागुन २६ गते सकिँदै छ।कांग्रेसले बुधबार प्रकाशित गरेको विज्ञप्तिमा अनुसार बैठकले केन्द्रीय समितिसँगै ७७ वटै जिल्ला कार्