मिटर ब्याजीविरुद्ध संखुवासभामा विरोध

खाँदबारी – एकीकृत समाजवादी निकट युवासंघले मिटरब्याजीविरुद्ध प्रर्दशन गरेको छ। युवासंघले बुधबार सदरमुकाममा कोणसभा गर्दै मिटरब्याजीविरुद्ध प्रर्दशन गरेको हो। वित्तिय संस्थाले सर्वसाधरणमाथि शोषणा गरेको भन्दै संघले तत्काल त्यसको समाधान खोज्न सरकारसँग माग गर्यो। संघले कोणसभा गर्दैै अन्यायमा परेका सर्वसाधरणलाई राहत दिन माग गरेको युवा संघ संखुवासभा इन्चार्ज मिथुन भोटेले जानकारी दिए।