यमपञ्चकको तेस्रो दिन- आज लक्ष्मी पूजा

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत गरिएको घरमा मात्र लक्ष्मीले बास गर्छिन् भन्ने मान्यता छ । यसै आधारमा आज बिहानै घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ […]

सम्बन्धित सामग्री

घर घरमा लक्ष्मीको पूजा अर्चना गरिँदै (तस्वीर)

काठमाडौं : आज लक्ष्मी पूजा। दीपावलीसहित धनकी देवी लक्ष्मीको पूजा–आराधना गरिँदैछ। यो दिनलाई यमपञ्चकको अर्थात् तिहारको सबैभन्दा महत्त्वपूर्ण दिन मानिन्छ।तिथिका हिसाबले आज सोमबार कार्तिक कृष्ण चतुर्दशी। पञ्चांग निर्णायक विकास समितिले तिथिको घटबढका कारण कार्तिक कृष्ण चतुर्दशी र औँसीको साँझमा गर्नुपर्ने विधि एकैदिन परेको जनाएको छ।पुराणमा औँसीको रातमा लक्ष्मीको उत्पत्ति भएको दिनको रूपमा यो  दिन उनको पूजा–आराधना गर्ने विधान रहेको बताइन्छ। सफासुघ्घर र उज्यालो भएका ठाउँमा

आज लक्ष्मी पूजा गर्ने रात भएकाले जतिसक्दो धेरै बिजुली बाल्न कुलमानको आग्रह

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज लक्ष्मी पूजाका दिन बेलुका जतिसक्दो धेरै बिजुली बाल्न अनुरोध गरेका छन् । घर, कार्यालय झिलिमिली बनाउन जतिसक्दो धेरै बिजुली बाल्न उनले अनुरोध गरेका हुन् । आज कुनै क्षेत्रमा पनि विद्युत आपूर्तिमा समस्या नआओस् भन्नका लागि आफूहरु बिहानैदेखि खटिरहेको घिसिङले बताएका छन् । घिसिङ आफैँले वितरण विभाग प्रमुख मनोज सिलवाललाई लिएर काठमाडौँका विभिन्न सबस्टेसन र वितरण केन्द्र पुगेर निरीक्षण पनि गरेका छन् । लक्ष्मीपूजाको दिनमा पनि ४ सय मेगावाट बिजुली भारतमा निर्यात गर्नुपरेको र अझै करिब ५ सय मेगावाट बिजुली खेर जाने अवस्था रहेको घिसिङको भनाई छ । आज कुनै पनि क्षेत्रमा बिजुली जाने अवस्था आउन नदिन र यदि कुनै स्थानमा समस्या आएमा तत्काल समाधान गर्न नो–लाइटको टिम तयारी अवस्थामा रहेको पनि बताएका छन् । स्युचाटार, बालाजु, बानेश्वर, लैनचौर, टेकु, पाटन, सिंहदरबमर, चाबहिल, चपली, मातातीर्थ, बनेपा र पाँचखालका सबस्टेसनलाई चुस्त दुरुस्त अवस्थामा राखिएको उनको दाबी छ ।

आज लक्ष्मी पूजा गरिँदै

यमपञ्चकअर्थात् तिहारको तेस्रो दिन सोमबार साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सोमबार नै कुकुर तिहार पनि परेको छ ।

आज लक्ष्मी पूजा र कुकुर तिहार

काठमाडौं । कात्तिक कृष्ण चतुर्दशीका दिन आज लक्ष्मी र द्वारपाल कुकुरको पूजा गरी तिहार मनाइदै छ । धनधान्य देवी लक्ष्मीको आराधना र कुकुरलाई अबिरमाला लगाइदिएर मनपर्ने खानेकुरा दिएर पूजा गर्ने चलन छ । आज घरघरमा दीपावली गर्दै धनधान्य र एश्वर्यकी देवी लक्ष्मीको पूजा गरिँदै छ । कार्तिक कृष्ण चतुर्दशीमा कुकुर तिहार मनाइए पनि आज बिहान […] The post आज लक्ष्मी पूजा र कुकुर तिहार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

आज लक्ष्मी पूजा, यसरी गर्नुहोस् धनधान्यकी देवी लक्ष्मीको पूजा

काठमाडौं, कार्तिक १८ । यमपञ्चकको तेस्रो दिन आज धनधान्यकी देवी लक्ष्मीको विशेष पूजाआजा गरी लक्ष्मीपूजा गरिँदै छ । यमपञ्चकको तेस्रो दिन अर्थात कार्तिक कृष्ण औँसीको साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदै आएको छ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज […]

लक्ष्मीपूजा : देश उज्यालो युगतिर मोडिएको दिन

२९ कात्तिक, काठमाडौं । आज लक्ष्मी पूजा, यो पर्वलाई ‘उज्यालोको दिन’ भनिन्छ । आज साँझ र रातमा पनि यो दिन कुनै घरहरुमा बत्ती निभ्दैनन् । तर, चार वर्षअघिसम्म नेपालमा दैनिक १८ घण्टासम्मको लोडसेडिङको भयावह अवस्था …

आज लक्ष्मी पूजा मनाइँदै

काठमाडौं – आज तिहारको तेस्रो दिन, लक्ष्मीपूजा । आज बेलुकी ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा गरी लक्ष्मीपूजा मनाइन्छ । आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई बोलाउने गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, भर्‍याङलगायत ठाउँमा सरसफाइ गरी दीपावली गरिन्छ ।...