कार्यान्वय भएन एक वडा एक नमुना विद्यालय

दाङ– घोराही उप महानगरपालिकाले गएको फागुन महिनामा एक वडा एक नमुना विद्यालय बनाउने निर्णय गरे पनि त्यसको कार्यान्वयन हुन सकेको छैन । निर्णय गरेको लामो समय भए पनि त्यसको कार्यान्वयन नहुँदा निर्णय घोषणामै सीमित हुन पुगेको हो । उपमहानगरपालिकाले एक वडा एक नमुना विद्यालय घोषणा गरे पनि कार्यान्वयन गर्ने नसकेको स्थानीयले गुनासो गरेका छन् । […]