एनआईसी एशियाको एटीएम फोर्न खोजेको आरोपमा एक जना पक्राउ

पोखरा। एनआईसी एशिया बैंकको एटिएम मेशिन फोर्न खोजेको अभियोगमा पोखराबाट एक जना पक्राउ परेका छन्। पोखरा महानगरपालिका– ८ न्यूरोडस्थित एनआईसी एशियाको एटीएम फोर्न खोजेको अभियोगमा एक जना पक्राउ परेका हुन्। पक्राउ पर्नेमा सोही महानगरपालिका– ९ पृथ्वी चोक बस्ने रुकुम घर भएका १९ वर्षीय नरेश पुन मगर रहेका छन्।

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।