सिरमका प्रमुखले भने- केही दिनमा भारत फर्कन्छु

एजेन्सी। चर्को दबाबका कारण भारत छाडेर बेलायत पुगेका भ्याक्सिन निर्माता कम्पनी सिरमका प्रमुख अदार पुनावालाले आफू केही दिनमा भारत फर्कने बताएका छन्। भारतमा कोरोनाको दोस्रो लहरले भयावह रुप लिएपछि भ्याक्सिनको माग उच्च हुन थालेको छ। सिरमले कोरोनाविरुद्धको कोभिसिल्डलगायतका भ्याक्सिन उत्पादन गर्छ। पुनावालाले ट्विटरमा लेखेका छन्- 'बेलायतमा भ्याक्सिन उत्पादनसँग सम्बन्धित मानिसहरुसँग भेटघाट गरेको छु। आफ्नो कामको समीक्षा भारत आएरै गर्नेछु।'