काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले संघीय संसद्को गतिवरोध हटाउन विशेष पहल गर्ने भएको छ। सिंहदरबारमा मंगलबार बसेको संसदीय दलको बैठकले संसद्मा लामो समयसम्म अवरोध हुँदा महत्वपूर्ण विधेयकलगायत जनजीविकासँग जोडिएका विषय अगाडि बढ्न नसकेकाले निकासका लागि सकारात्मक पहल गर्ने निर्णय गरेको हो।प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले संसद्को अघिल्लो बैठक लगातार अवरोध गरेका कारण महत्वपूर्ण विधेयक अगाडि बढ्न सकेको थिएन। बैठकमा पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको समसाम