भदौको कोरोना रिपोर्ट: ३१ हजार बढीमा संक्रमण, २७५ जनाको मृत्यु

काठमाडौँ: सरकारले भदौ महिनमा कोरोनाको ग्राफ ओरालो लाग्ने प्रक्षेपण गरेको थियो। स्वयम् प्रधानमन्त्री केपी शर्मा ओलीले भदौको सुरुवातबाट कोरोना संक्रमितको संख्या ओरालो लाग्ने दाबी गरेका थिए। तर भदौमा सरकारले सोचेजस्तो भएन। भदौमा कोरोनाको संक्रमण देशभर ह्वात्तै बढ्यो। काठमाडौँ उपत्यका त कोरोनाको ‘केन्द्र’ नै बन्यो। भदौ ३१ गतेसम्म देशभर ५८