त्रिवि शिक्षण अस्पतालमा उपचाररत बिरामीको मृत्यु भएपछि चिकित्सकमाथि हातपात

काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत बिरामीको मृत्युपछि आफन्तहरुले चिकित्सकमाथि हातपात गरेका छन् ।सो अस्पतालको आइसीयुमा बुटवलका ६२ वर्षीय एक बिरामीको उपचारकै क्रममा निधन भएपछि मृतकका आफन्तले मंगलबार चिकित्सक सविन भण्डारीलाई गालीगलौजका साथै हातपात गरेका हुन् ।उक्त अस्पतालका कोभिड संयोजक डा. सन्तकुमार दासका अनुसार आइतबार राति ती बिरामीको मृत्यु भएको थियो । त्यतिबेला पनि मृतकका आफन्तले ड्युटीमा रहेका चिकित्सकमाथि हातपात गरेका थिए । मंगलबार पुनः उनीहरुले चिकित्सकमाथि हातपात गरेका हु