कञ्चनजंघा पदमार्गमा स्नो पोल गाडिँदै

ताप्लेजुङ : ताप्लेजुङको कञ्चनजंघा क्षेत्रमा स्नो पोल गाड्न सुरु गरिएको छ। स्थानीय समुदायको जीवनस्तरमा टेवा पुर्‍याउने उद्देश्यले समृद्ध पहाडको सहयोग र कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को आयोजनामा स्नो पोल गाड्न थालिएको हो।कञ्चनजंघाको पर्यटकीय पदमार्गमा पोल गाडेपछि बाह्य तथा आन्तरिक पर्यटकलाई बाटो देखाउने मात्र नभएर हिउँ कति मात्रामा छ भनी अनुमान गर्न सहज हुने बताइएको छ।

सम्बन्धित सामग्री

हिउँमा बाटो खुट्याउन फलामे पोल

सुरक्षित यात्राका लागि लेकमा पदमार्ग पहिल्याएर हिँड्नुपर्छ । तीन हजार मिटरभन्दा माथिका लेकाली क्षेत्रमा बाटोहरू मंसिरदेखि चैत–वैशाखसम्म हिउँले पूरै छोपिन्छन् । यस्तो बेला स्थानीय गोठाला गोरेटो पहिल्याउन अलमलिन्छन्, कञ्चनजंघा आरोहणमा जानेहरूलाई झन सास्ती हुन्छ ।

तस्वीर : कञ्चनजंघा हिमाल जाने पदर्मागमा स्नो पोल गाडिँदै

ताप्लेजुङको कञ्चनजंघा क्षेत्रका स्थानीय समुदायको जीवनस्तरमा टेवा पुर्‍याउने उद्देश्यले समृद्ध पहाडको सहयोग र कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को आयोजनामा कञ्चनजंघा क्षेत्रमा गाडिँदै गरेको स्नो पोल ।  कञ्चनजंघाको पर्यटकीय पदमार्गमा पोल गाडेपछि बाह्य तथा आन्तरिक पर्यटकलाई बाटो देखाउने मात्र नभएर हिउँ कति मात्रामा छ भनेर अनुमान गर्न सहज हुनेछ । तस्वीर : रासस