काठमाण्डाै – सन् २०२१ को वसन्त ऋतुमा हुने आरोहणका लागि सरकारले दुई जना डाक्टर सगरमाथा आधार शिविरमा पठाउने भएको छ । स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागले दुई जना डाक्टरलाई आधार शिविरमा पठाउने गरी पर्यटन विभागमा खटाएको निर्देशक मीरा आचार्यले जानकारी दिनुभयो ।
आधार शिविरमा सरकार स्वयंले डाक्टर पठाउन लागिएकाे यो पहिलो पटक भएको निर्देशक आचार्यले बताउनुभयो । ‘मैले धेरैतिर अध्ययन गरेँ तर यसभन्दा अघि सरकारले नै आधार शिविरमा डाक्टर खटाएको तथ्य भेटिएको छैन’, आचार्यले उज्यालोसँग भन्नुभ...