अमेरिकाको पूर्वी तटीय क्षेत्रमा आएको हिमआँधीका कारण जनजीवन प्रभावित भएको छ ।
चार वर्षमा पहिलो पटक यस्तो आँधी आएको त्यहाँकाे राष्ट्रिय मौसम विभागले जनाएको छ । विभागले सकेसम्म यात्रा नगर्न र यात्रै गर्नै परे चिसोबाट जोगिने सामग्री गाडीमा बोक्न आग्रह गरेको छ । हिमआँधीमा पसे गाडीभित्रै सुरक्षित रहनका लागि विभागले यस्तो आग्रह गरेको हो ।
यस्तै, भारी हिमपात र हावाहुरी चलेपछि पाँच राज्यमा आपत्कालीन अवस्था घोषणा गरिएको बीबीसीले जनाएको छ । न्युयोर्क, न्युजर्सी, मेरिल्यान्ड, भर्जिनिया र रोड आइल्यान्डमा आपत्काली...