नेपाली युवा उद्यमी फोरमको अध्यक्षमा कर्माचार्य चयन, कोरोना महामारी बिरुद्ध एक हुन सबै युवा उद्यमीलाई आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको भातृ संगठन ‘नेपाली युवा उद्यमी फोरम’ काठमाडौं च्याप्टरको चौंथो साधारण सभाले नयाँ कार्य समितिको चयन गरेको छ । कोभिड १९ महामारीका कारण भर्चुअल माध्यमबाट सम्पन्न साधारण सभाले नीरज कर्माचार्यलाई अध्यक्षमा चयन गरेको छ । यसैगरी, सभाले प्रथम उपाध्यक्षमा चिराग गोयल र दोस्रो उपाध्यक्षमा प्रार्थना साखालाई चयन गरेको छ । फोरमको कार्यकारी समिति सदस्यमा अभिमन्यु गोल्छा, आप्पा शेर्पा, क्षितिज तामाङ, दिपिका श्रेष्ठ, इच्छा मल्ल, रसना श्रेष्ठ र सुबिन श्रेष