पुँजीगत खर्च बढाउन र चालु खर्च घटाउन अर्थमन्त्रीको निर्देशन

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुँजीगत खर्च बढाउन र चालु खर्च घटाउन मन्त्रालयका सचिवहरुलाई निर्देशन दिएका छन् । अर्थमन्त्रालयमा आयोजित देशको समग्र आर्थिक अवस्था र बजेट कार्यान्वयनका सम्बन्धमा छलफल कार्यक्रममा पौडेलले पुँजीगत खर्च र राजस्व परिचालनको अवस्था चिन्ताजनक रहेको बताउँदै राजस्व परिचानलमा कडाइका साथ प्रस्तुत हुन तथा पुँजीगत खर्चलाई विशेष प्राथमिकता दिएर काम गर्न निर्देशन दिए ।