कथा : साँहिली दिदी

गाउँमा साँहिली दिदी थिइन् । मैले होस सम्हालेदेखि उनलाई गाउँमै देखेँ । उनी कहिले पाटीपौवा त कहिले सडक र कहिले कसैको घरको गेटमा सुत्थिन् । मानसिक बिरामी थिइन् । उनका बुवाआमा परिवार र घर कोही केही थिएन ।अहिलेजस्तो भएको भए उनी परिवारसँगै हुन्थिन् होला । उपचार गरिन्थ्यो होला । पहिले मानसिक बिरामीको उपचार थिएन । […]