पान नम्बर लिने ४४ लाख नाघे

कर प्रक्रियामा सहभागी हुन आवश्यक पर्ने स्थायी लेखा नम्बर (पान)मा दर्ता हुनेको सङ्ख्या ४४ लाख नाघेको छ। अर्थ मन्त्रालयका अनुसार मङ्सिरसम्म ४४ लाख १८ हजार ५५५ करदाता पानमा दर्ता भएका छन्। यस्तो सङ्ख्या असारसम्म ४० लाख ६६ हजार थियो। यस हिसाबले पाँच महिनामै साढे तीन लाख करदाता पानमा थपिएका हुन्। यस अवधिमा व्यक्तिगत पानमा दर्ता हुनेको सङ्ख्या २७ लाख नाघेको छ। जब कि असारम्म व्यक्तिगत पान नम्बर लिनेको सङ्ख्या २४ लाख ७५ हजार थियो। रोजगारी गर्ने हरेक व्यक्ति पानमा आबद्ध हुनैपर्ने सरकारी नियमअनुसार पनि व्यक्तिगत पान नम्बर लिनेको सङ्ख्या पछिल्लो...

सम्बन्धित सामग्री

नियमविपरीत सञ्चालन भएका नवलपरासीका औषधि पसललाई कारबाही

त्यस्तै पसलमा फार्मेसीसँग सम्बन्धित व्यक्ति रहे पनि एक वर्षदेखि विदेशमा रहेका व्यक्तिको फार्मेसी सञ्चालन अनुमतिपत्र राखेर औषधि बिक्री गर्नुका साथै पान नम्बर नराखी पसल सञ्चालन गरेको भन्दै सन मेडिकल हललाई रु दुई हजार जरिवाना गरिएको छ ।

नियमविपरीत सञ्चालन भएका नवलपरासीका औषधि पसललाई कारबाही

त्यस्तै पसलमा फार्मेसीसँग सम्बन्धित व्यक्ति रहे पनि एक वर्षदेखि विदेशमा रहेका व्यक्तिको फार्मेसी सञ्चालन अनुमतिपत्र राखेर औषधि बिक्री गर्नुका साथै पान नम्बर नराखी पसल सञ्चालन गरेको भन्दै सन मेडिकल हललाई रु दुई हजार जरिवाना गरिएको छ ।

खातामा पान नम्बर अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह

काठमाडौं । एनआईसी एशिया बैंक ग्राहक महानुभावहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न आग्रह गरेकाे छ । बैंकका ग्राहक महानुभावहरूको खाताबाट गरिएको करकट्टीको विवरण ‘आयकर ऐन २०५८’ बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने भएकोले ग्राहक महानुभावहरूले बैंकको पोर्टल  panupdate.nicasiabank.com वा मोबाइल बैंकिङ्ग एपमा […]

पाँच महिनामा लिए तीन लाख चार हजारभन्दा बढीले पान नम्बर

काठमाडौं, १६ माघ। चालु आर्थिक वर्ष २०७९/८० को पाँच महिना (साउन–मंसिर)मा थप ३ लाख ४ हजार ७७९ जनाले स्थायी लेखा नम्बर (पान) लिएका छन्। आन्तरिक राजस्व विभागका अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ५३ हजार ५४२ जनाले स्थायी लेखा नम्बर लिएका थिए। यसैगरी पछिल्लो पाँच महिनामा १० हजार ५०५ जना करदाता मुल्य अभिवृद्धि करमा दर्ता भएका छन्।

पान नम्बर लिने चवालीस लाख नाघे

कर प्रक्रियामा सहभागी हुन आवश्यक पर्ने स्थायी लेखा नम्बर (पान)मा दर्ता हुनेको सङ्ख्या ४४ लाख नाघेको छ । अर्थ मन्त्रालयका अनुसार मङ्सिरसम्म ४४ लाख १८ हजार ५५५ करदाता पानमा दर्ता भएका छन् । यस्तो सङ्ख्या असारसम्म ४० लाख ६६ हजार थियो । यस हिसाबले पाँच महिनामै साढे तीन लाख करदाता पानमा थपिएका हुन् ।

घरमै बसेर लिए बीस जनाले पान नम्बर

आन्तरिक राजस्व कार्यालयबाट बन्दाबन्दीको समयमा बीस जनाले घरमा बसेर पान नम्बर लिएका छन् । निषेधाज्ञाका कारण हिँड्डुल गर्न नपाएका, व्यापार व्यवसायका लागि अति आवश्यक परेका व्यक्तिले घरमा बसेर इन्टरनेटमार्फत पान नम्बर लिएका हुन् ।कार्यालयको वेबसाइट खोलेर आवेदन दिन सकिन्छ । आवेदकले ट्याक्स पे पोटलमा गएर आफ्ना आवश्यक कागजात अपलोड गरी पठाएपछि कार्यालयका अधिकृतले जाँचेर प्रमाणित […]

नमुना समाजको बेइमानीः होटलको नाम र पान नम्बर चोरी

पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाले पाँच वटा टोललाई नमुना गाउँ निर्माण गर्नका लागि आर्थिक वर्ष २०७६/०७७ मा वीरेन्द्रनगरको नमुना समाजसँग ३ वर्षे कार्यक्रम सम्झौता गर्‍यो। ३ वर्षको अवधिमा नगरपालिकाले १ करोड ५० लाख र नमुना समाजले ५ करोड रूपैयाँ नमुना गाउँ निर्माणमा खर्चिने सम्झौतापत्रमा उल्लेख छ। सम्झौतासँगै पहिलो वर्षका लागि नगरपालिकाले २० लाख रूपैयाँ पेस्की उपलब्ध गरायो।

अर्कैको होटल नाम र पान नम्बर चोरी

आन्तरिक राजस्व कार्यालयका अनुसार नगरपालिकामा पेश गरिएको होटलको नाम र पान नम्वर भेरीगंगा नगरपालिका–१० को झिलमिलेमा छ । संस्थाका कार्यकारी निर्देशक लालबहादुर जिएमले अर्काको होटलको नाम र पान नम्वरको दुरुपयोग गरेर नगरपालिकामा बिल पेश गरेको पाइएको हो ।

भारतीय कामदारको सूची बनाउँदै दूतावास

विराटनगर : नेपाल सरकारले अनिवार्य पान नम्बर लिनुपर्ने प्रावधान ल्याएपछि नेपालस्थित भारतीय दूतावासले आफ्ना नागरिकको सूची तयार गर्न थालेको छ। मोरङ व्यापार संघमा प्रदेश एकमा कार्यरतर तथा अध्ययनरत भारतीय नागरिकहरुका लागि ११ गतेदेखि तीनदिने रजिष्ट्रेशन क्याम्प भारतीय दूतावासले संचालन गरिरहेको छ। उक्त क्याम्पमा सूची दर्ता गर्न भा...