दाङ : झन्डै २ लाख नगदसहित जुवाकाे खालबाट पाँच जना पक्राउ

दाङ – दाङमा झन्डै दुई लाख नगदसहित जुवाको खालबाट पाँच जना पक्राउ परेका छन् । दाङकाे घोराही उपमहानपालिका १५ बालमन्दिर टाेलमा रहेकाे झुपल केसीको घरमा जुवातास खेलिरहेका पाँच जनालाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा घाेराही उपमहानगरपालिका १५ का खगेन्द्र सापकाेटा, झुपल केसी, वडा नम्बर १४ का बालाराम खड्का, मरिजमान खड्का र चन्द्र बुढा रहेका छन् । उनीहरूकाे साथबाट एक लाख ८० हजार रुपैयाँ, विभिन्न रकम उल्लेख भएका विभिन्न बैंकका चेक सात थान र तासकाे तीन बुक बरामद गरिएकाे प्रहरीले जानकारी दिएकाे...

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।