सात वर्षदेखि भारतले एकतर्फी रुपमा लगाउँदै आएको एन्टी डम्पिङ शुल्कका कारण निकासी प्रभावित हुँदै आएको नेपाली जुटका तयारी वस्तुमा सरकारले घोषणा गरेको नगद अनुदान उद्योगहरु नपाएपछि निकासी झन् प्रभावित बनेको छ । गत आर्थिक वर्षका नौ महिनामा जोगवनी नाकाबाट ६ अर्ब मूल्यका जुटका तयारी वस्तु भारत निकासी भएको थियो ।