निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले पूर्व प्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई कारवाही गर्न रौतहट प्रहरीलाई पत्र लेखेको छ । बिहीबार आयोगले जिल्ला प्रहरी कार्यालय रौतहटलाई नेपाललाई आवश्यक कारवाही प्रकृया अगाडि बढाउन आग्रह गरेको हो । रौतहट क्षेत्र नम्बर १ मा आयोजित कार्यक्रममा सो क्षेत्रका उम्मेदवार माधवकुमार नेपालले आफूले चुनाव जिते देश बाहिर युवालाई रोजगारीको अवसर दिने आश्वासन बाँडेको भन्ने विषयको समाचार प्रकाशन भएकोप्रति आयोगको ध्यानाकर्षण भएक