काठमाडाैं : साविक विजेता लिभरपुल प्रिमियर लिगमा लेस्टरसँग पराजित भएको छ। लेस्टर सिटीको मैदानमा आज भएको खेलमा लिभरपुलले मात्र ६ मिनेटमा ३ गोल बेहोरेको हो। पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफको २२ औं मिनेटमा मोहम्मद सलाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए। तर त्यसको ११ औं मिनेटमा जेम्स मेडिसनले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसको तीन मिनेटमै जामी भार्डीले लिभरपुलका गोल रक्षक अगाडि लडेको अवस्थाको फाइदा उठाउँदै गोल गर्न सफल भए। लेस्टर यतिमै सीम