काठमाडौं । उपभोक्ता संरक्षण ऐन, २०७५ विरुद्ध गतिविधि सञ्चालन गर्ने ४ कम्पनी वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको कारबाहीमा परेका छन् । दैनिक बजार अनुगमनका क्रममा विभागले शुक्रबार काठमाडौं महानगरपालिका १३ स्थित सत्यश्वर इन्टरप्राइजेज, कामनपा १४ को त्रिशक्ति स्टोर, कामनपा ३० को महवद नुर्सद सिरक डसना पसल र ललितपुर महानगरपालिका ८ स्थित वहारी फर्निचरलाई विभागले कारबाही गरेको हो ।उक्त फर्महरुबाट विभागले कुल ४० हजार जरिवाना शुल्क असुल गरेको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ विरुद्धगतिविधि सञ