गुल्मी – गुल्मीकाे धुर्कोटका राजन भण्डारी अपाङ्गता भएका व्यक्ति हुनुहुन्छ । उहाँ घरमा कुखुरापालन गरी जीवन निर्वाह गर्दै आइरहनुभएकाे छ । तिनै राजन हातले लट्ठी टेक्दै त्यसैको सहारामा मङ्गलवार सदरमुकाम तम्घास आइपुग्नुभएकाे छ । उहाँ तम्घास आउनुको मुख्य उद्देश्य भनेको लघुवित्त संस्थाहरूविरुद्धकाे आन्दोलनमा ऐक्यबद्धता जनाउनुथियो । राजनले कुखुरापालनका लागि भनेर चार वटा लघुवित्तबाट तीनदेखि चार लाख रुपैयाँसम्म ऋण लिनुभएकाे छ । यसबीचमा आगलागी हुँदा उहाँका सबै कुखुरा मरे । फेरि उहाँले ...