आफैँले नियुक्त गरेका ६ सयभन्दा बढी कर्मचारीलाई स्थायी गर्ने गरी सुदूरपश्चिम प्रदेश सरकारले पारित गर्‍यो विधेयक

धनगढी – सुदूरपश्चिम प्रदेश सभाले निजामती सेवाको गठन सञ्चालन तथा सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ। सो विधेयक पारित भएसँगै सुदूरपश्चिम प्रदेश सरकार आफैँले नियुक्त गरेका ६ सय बढी कर्मचारी स्वतः स्थायी हुने छन्। सोमबार बसेको १०औं अधिवेशनको २५औं बैठकमा सभामुख अर्जुनबहादुर थापाले हुन्छ भन्ने माननीयको संख्या भन्दा हुन्न भन्ने माननीयको संख्या […]