कांग्रेस बैठकमा कटाक्ष : दुई महामन्त्री चरी जेलैमा

४ साउन, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश स्नेही रसाइलीले विधानले सम्पूर्ण अधिकार सभापतिलाई दिएकाले दुई महामन्त्री चरी जेलैको अवस्थामा रहेको बताएका छन् । विधान अनुसार गर्नुपर्ने सबैजसो कार्य सभापतिको निर्णयमा भर पर्ने विधान रहेको उनले बताए । ‘महामन्त्रीलाई बबुरा देखिरहेको छु । विधानले केही काम गर्न दिने रहेनछ,’ स्नेहीले भने, ‘चरी जेलैमा जस्तो […]