दक्षिण भेगमा शैक्षिक स्तर खस्किँदै : मुख्यमन्त्री

जिल्लाको शैक्षिक क्षेत्रमा छुट्टै पहिचान बनाएको बर्दीबास–३, पाटुस्थित जनजागृति माध्यमिक विद्यालयले मङ्गलबार स्वर्ण जयन्ती मनाएको छ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, बर्दीबास नगर प्रमुख प्रह्लादकुमार क्षेत्री, सङ्घीय तथा प्रदेश सांसदले विद्यालयको प्राङ्गणमा पूर्वविद्यार्थीको सहयोगमा निर्मित स्वर्ण स्तम्भको अनावरण गर्नुभएको थियो । मुख्यमन्त्री यादवले स्थानीय तहलाई शिक्षाको अधिकार दिएपछि मधेश प्रदेशको उत्तरी भेगको तुलनामा दक्षिणी भेगको शैक्षिक स्तर खस्किँदै गएको बताउनुभयो । एउटै प्रदेशको उत्तर र दक्षिणमा किन यस्तो हुन पुग्यो ? आफैँमा टड्कारो प्रश्न बनेको उहाँको भनाइ थियो ।