नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत लुम्बिनी प्रदेशको अधिवेशनमा सभापतिका उम्मेदवार अमरसिंह पुनले मतान्तर फराकिलो बनाउँदै लगेका छन् ।
४७८ मत गणना हुँदा पुन ११७ मतले अगाडि छन् । पुनको २९५ र भरत कुमार शाहको १७८ प्राप्त गरेको निर्वाचन समितिले जानकारी दिएको छ ।
पुनले शुरूदेखि नै अग्रतालाई कायम राखेको निर्वाचन समितिका जीवनारायण अधिकारीले लोकान्तरलाई जानकारी दिए ।
पुन संस्थापन इतरका उम्मेदवार हुन् भने शाह सभापति शेरबहादुर देउवापक्षीय ।
लुम्बिनीमा १ हजार ६३१ मत खसेको छ । रूपन्दे...