उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ नौदिने चीन भ्रमण सकेर सोमबार बिहान स्वदेश फर्किएका छन् । परराष्ट्रमन्त्री श्रेष्ठको भ्रमण कूटनीति, राजनीतिक र धार्मिक रूपमा बढी चर्चामा रह्यो । तर चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणमा राजधानी बेइजिङसँगै अन्य थप तीन सहर भ्रमण गरेका उपप्रधानमन्त्री श्रेष्ठको यात्रा अर्थपूर्ण देखिन्छ ।