नेपाली काँग्रेसको निर्वाचन समितिले डडेल्धुरा जिल्ला सभापति कर्णबहादुर मल्ललाई वडा अधिवेशन स्थगित गर्ने अधिकार नभएको बताएको छ । निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले मंगलबार २५ गते वडा अधिवेशनको तालिका प्रकाशित गरेपछि जिल्ला सभापति मल्लले स्थगितको घोषणा गरेका थिए ।केन्द्रीय निर्वाचन समितिले पठाएको क्रियाशील सदस्यहरूको नामावलीमा बदमासी भएको भन्दै मल्लले अधिवेशन स्थगितको घोषणा गरेका हुन् । तर निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले अधिवेशन स्थगित गर्ने अधिकार नभएको रातोपाटीलाई बताए ।उ