युरोप–अमेरिकामा विफरजस्तै मङ्कीपक्स संक्रमण फैलिन थालेपछि स्वास्थ्यकर्मी सतर्क

 युरोप र अमेरिकाका स्वास्थ्य अधिकारीहरु मङ्कीपक्सको विस्तारले सतर्क रहन थालेका छन् । सन् १९७० को दशकमा पहिलो पटक डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोमा भेटिएको मङ्कीपक्स भाइरस अहिले युरोपमा देखिन थालेको छ ।अमेरिकामा समेत पहिलो संक्रमण पुष्टि भएको छ । बुधबार पोर्चुगलले मङ्कीपक्सका पाँच केस पहिचान भएको जानकारी दिएको छ ।स्पेनले २३ सम्भावित केसको अनुसन्धान गरिरहेको बताएको छ । अमेरिकाको म्यासाचुसेट राज्यले क्यानडाबाट फर्किएका एक जना व्यक्तिमा संक्रमण भेटेको घोषणा गरेको छ ।मङ्कीपक्सको पछिल्लो विस्तार सं

सम्बन्धित सामग्री

मङ्कीपक्स प्रभावित देशबाट आएकालाई क्वारेन्टिनमा बस्न आग्रह

विश्वमा फैलिएको मङ्कीपक्सको संक्रमण नेपालमा पनि फैलनसक्ने सम्भावना रहेको औंल्याउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आम नागरिक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाहरूलाई सजग रहन आग्रह गरेको छ।अमेरिका, क्यानडा, अस्ट्रेलिया, इजरायल, बेलायत, जर्मनी, स्विट्जरल्यान्ड, स्पेन, पोर्चुगल, बेल्जियम, फ्रान्स, नेदरल्यान्ड्स, इटली र स्विडेनलगायत १५ वटा देशमा मङ्कीपक्सको संक्रमण फैलिएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले पुष्टि गरेसँगै नेपाल सरकारले पनि सचेतनाका लागि आग्रह गर्दै स्वास्थ्य सुरक्षा अपना