सरकारसँग चारबुँदे सहमतिसँगै मिटरब्याजपीडितले काठमाडौंमा गरिरहेको आन्दोलन अन्त्य भएको छ । काँकडभिट्टा र कञ्चनपुरको गड्डाचौकीबाट माघ १६ बाट पैदल आएर एक हजारभन्दा बढी मिटरब्याजपीडित आन्दोलनरत थिए । मिटरब्याजपीडितसँग उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँगै सरकारी वार्ताटोली र पीडितका प्रतिनिधिले चारबुँदे सहमति गरेका छन् ।
काठमाडौं । महोत्तरीबाट बन्दोबस्तीका सामानसहित १२ दिन हिँडेर आन्दोलनका लागि काठमाडौं आएका मिटरब्याजपीडित भेट्न जनमत पार्टीका अध्यक्ष डा. सीके राउत पुगेका छन् । चन्द्रनिगाहपुर, हेटौंडा, भीमफेदी र चन्द्रागिरी हुँदै पीडितहरू आइतबार काठमाडौंको मातातीर्थ आइपुगेका थिए । पीडितलाई भेटेर अध्यक्ष राउतले पहिला सरकारी पहलपछि केही साम्य भएपनि आन्दोलन रोकिएपछि सरकारले काम गर्न छाडेको बताए । उनले […]